|

म्याग्दी : कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत म्याग्दीका एक नगरपालिकासहित ६ र मुस्ताङका ५ गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो।

म्याग्दीको चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ। मुस्ताङका पाँचवटै स्थानीय तहमा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको छ।

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ। आइतबार भएको निर्वाचनमा बेनी नगर सभापतिमा रवीन्द्र कार्की निर्वाचित भएका छन्। अन्नपूर्णको सभापतिमा बलबहादुर तिलिजा निर्बाचित भएका छन्।

रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत चयन भएका छन्। धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन‚ मालिका गाउँपालिकाको सभापतिमा खिम पुन‚ मंगला गाउँपालिकाको सभापतिमा नरसिंह खत्री सर्वसम्मत चयन भएका छन्।

मुस्ताङमा भने पाँचवटै गाउँपालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ। लोमान्थाङ गाउँपालिकाको सभापतिमा छेवाङ झिम्मी विष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको सभापतिमा टसी लेन्डुप गुरुङ, घरपझोङ गाउँपालिकाको सभापतिमा यामप्रसाद थकाली,  थासाङ गाउँपालिकाको सभापतिमा रुपेश गौचन र वारागुङ–मुक्तिक्षेत्र गाउँपालिकाको सभापतिमा आङजिङ गुरुङ सर्वसम्मत चयन भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.