|

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर १ को कार्यालय तोडफोड भएको छ। आइतबार राति अज्ञात समूहले वडा कार्यालय तोडफोड गरेको वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए। वडा कार्यालयका कम्प्युटर र ल्यापटप सुरक्षित रहेको पाण्डेले बताए।

यस्तै‚ रवीन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी २२ हजार रुपैयाँ र मोवाइल चोरी भएको छ। रुक्मागत पाण्डेको घरको कोठाबाट पनि २० हजार रपैयाँ चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए।

विष्णु पाण्डेको पसल‚ डिल्लीराम पाण्डे, पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष पाण्डेले बताए। सोही स्थानमा रहेको गणेश मन्दिरको दान पेटिका समेत चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए।

जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनास्थलमा पुर्तिघाट र रिडीको टोली जाँदै गरेको जनाएको छ। घटनास्थलमा प्रहरीको टोली जाँदै गरेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.