एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती

|
फाइल फोटो

काठमाडौं : सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसद २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन नै लाज हुनुपर्ने टिप्पणी गरे। 

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले सोमबार भने, ‘उहाँहरूमा अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्छ।’

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौं भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु लाजसरमको विषय भएको पनि दोहोर्‍याए। 

उनले भने, ‘जसले संसद २/२ चोटी विघटन गर्छ, ती मान्छेहरूले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने! सर्वोच्चको फैसला मान्दैनौं पनि भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने? अनि संसदीय मर्यादा कायम गर पनि भन्ने। जसले जुन संसदलाई विघटन गरिसक्यो, उसलाई त्यो संसदमा आउन त लाज हुनुपर्ने हो। मैले पार्टी छोडिसकेपश्चात् दोस्रो संविधानसभापछि ०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिएँ।’

एमालेले आफैंले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जताको पराकाष्ठा देखाएकाले त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.