|
फाइल फोटो

काठमाडौं : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। सोमवार बसेको स्थायी कमिटीको बैठकले विवाद मिलाउने जिम्मा ओलीलाई दिएको हो। 

बैठकपछि स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘रावलजी र भट्टजीबीच नयाँ र पुरानो इन्चार्जको विषयमा एउटा समझदारी कायम गर्नुपर्छ। एकजनाले त ठाउँ छोड्नुपर्‍यो। दुवैजनाले अडान राखेर त समस्या समाधान हुँदैन।’

एमाले इन्चार्ज छाड्नेलाई त्योभन्दा पनि उच्च पदको जिम्मेवारी दिएर मिलाउने प्रयास भइरहेको उनले बताए। उच्चस्तरीय कार्यदलको पहलमा सुदूरपश्चिममा देखिएको विवाद अध्यक्ष ओलीले मिलाउने उनको भनाइ छ। 

पार्टीमा १० बुँदे सहमति सबै जिल्लामा समेत भइरहेको दाबी गरे। 

नेता गुरुङले भने, ‘हामीले गरेको सहमति तल्लो तहसम्म कार्यान्वयन भइसक्यो। सुदूरपश्चिममा देखिएको समस्या पनि विधान महाधिवेशनअगावै टुंग्याउँछौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.