|

काठमाडौं : व्यवसायीहरूलाई जथाभावी कर छुट दिएको अभियोगमा मुद्दा चलेका तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ।

सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मालाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए।

कर फर्छ्यौट आयोगले व्यवसायीहररूलाई जथाभावी कर छुट दिएर राज्यकोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध गत असार ९ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार तीन सय ८५ रुपैयाँ बक्यौता कर छुट दिएको पुष्टि भएको अख्तियारले दाबी गरेको छ।

 

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.