|

काठमाडौं : सरकारले पत्रकार विष्णु सुवेदीलाई गोरखापत्र दैनिकको कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

पत्रकार सुवेदीले यसअघि अन्नपूर्ण पोष्ट डटकम, नेपाल समय डटकम र नेपालतारा डटकमको सम्पादक भएर काम गरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.