|

काठमाडौं : नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावललाई तोकेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार १० बुँदे सहमति कार्यान्वयन सहजिकरणको लागि रावलको संयोजकत्वमा कार्यदल विस्तार गरेको हो। यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो।

कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन्। अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जलगायतका विषयमा छलफल गरेर टुंग्याउन निर्देशन दिएको भट्टराईले बताए।

माओवादीबाट आएकाहरूको पनि उचित व्यवस्थापन गर्ने र १० बुँदेलाई रचनात्मक ढंगले कार्यान्वयन सहमति भएको भट्टराईले जानकारी दिए। रावलले भने १० बुँदे पूर्णरुपमा कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.