|

बैतडी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएका कुनै पालिकाका पनि महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए। 

सबैमा पुरुषले नेतृत्व गरेको र त्यसमा पनि ब्राह्मण, खस, आर्यमात्रैले नेतृत्व गरेका छन्। साथै पदाधिकारीमा समेत न्यून संख्यामा दलित र महिला अटाएका निर्वाचन समितिले जनाएको छ।   

यहाँका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो भने सातवटामा  निर्वाचन भएको हो। दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्टको पूरै प्यानल विजयी विजयी भएको छ। यस्तै उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द, सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू विजयी भएका छन्।

पुचौडी नगरपालिकाका नगरसभापतिमा गणेशबहादुर गडालको पूरै प्यानल विजयी भएको छ। उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रीतेशबहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउद र सरोज बम विजयी भएका छन्।  

पाटन नगरपालिकाका नगरसभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भए। उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह बिष्ट, सहसचिवमा कैलाश चन्द र कृष्णा पन्त विजयी भए। 

मेलौली नगरपालिका कांग्रेस सभापतिमा परमानन्द भट्ट ४९ मत ल्याएर विजयी भए। यस्तै उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट, सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल निर्वाचित भए।  

सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मतसहित सभापतिमा निर्वाचित भए। उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भए। 

दोगडाकेदार गाउँपालिका सभापतिमा नन्दराज भट्ट ५३ मत सहित विजयी भए। उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जितेन्द्र कार्की र सुशीला विष्ट विजयी भए। 

डिलाशैनी गाउँपालिका सभापतिमा ५५ मतसहित जयानन्द जोशी (जयराज) निर्वाचित भए। उपसभापति राम नाथ, शंकर विष्ट, सचिव मदन नाथ, शंकरदत्त पन्त, सहसचिव विक्रम कार्की, दिला नाथ विजयी भए।  

सुर्नया गाउँपालिकामा सहमतिबाट सभापतिमा प्रताप सिंह महरा, उपसभापतिमा करवीर सिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह बिष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा चयन भए।

पञ्चेश्वर गाउँपालिका सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउद र धिरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टंकप्रसाद तिवारी, सहसचिव वीरेन्द्रसिंह भण्डारी र वीरबहादुर चन्दलाई चयन गरिएको छ।

शिवनाथ गाउँपालिका सभापतिमा हीरा चन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त चयन भए।  

नेतृत्वमा महिला आउनु अहिलेको आवश्यकता रहे पनि महिला नेतृ भागरथी भट्टले बताइन्। उनले भनिन्, ‘महिलाले नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने गलत सोचले नेतृत्वमा आउन सकेका छैनन्। अलि पहिले सक्रिय भएका महिलाले माथिल्लो तहमा जान रुचाएका र नयाँ क्रियाशीलहरू सदस्यमै बसेकाले नेतृत्वमा महिला नदेखिएका पनि हुन सक्छन्।’

सबै क्रियाशील दलित सदस्यहरूले नेतृत्व हाँक्छु भनेर अगाडि नआएका कारणले पनि नेतृत्वमा दलित नदेखिएको नेपाल दलित संघ बैतडीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश कोलीले बताए। उनले भने, ‘केही जान्नेसुन्ने क्रियाशील दलित साथीहरू स्थानीयस्तरमा बस्न नचाहेकाले पनि यस्तो देखिएको हो। यसका लागि विधानमै व्यवस्था हुनुपर्छ ।’ 

कोषाध्यक्षमा पदाधिकारी बैठकले सदस्यबाट चयन गर्ने भएकाले दलित र महिला आउने सम्भावना छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.