|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि तय बैठक नेताहरूको कार्यव्यस्तताका कारण भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो। 

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल हुने नेता लीलामणि पोखरेलले जानकारी दिए। पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म तोकेको छ। 

राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने भए पनि त्यसअघि हुने पालिका अधिवेशन, सदस्यता नवीकरण लगायतलाई केही पछि सार्ने तयारी छ। सोमबारको बैठकले गतिविधिको समयतालिका हेरफेर गर्ने निर्णय गरेको थियो। 

सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म थप्ने, वडा भेलाको बैठक कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.