|

तेलगु अभिनेता विजय देवरकोन्डाको बलिउड डेब्यु फिल्म 'लाइगर'मा विश्व प्रसिद्ध अमेरिकी बक्सर माइक टाइसन पनि देखिने भएका छन्। बक्सिङमा आधारित फिल्ममा टाइसन विशेष भूमिकामा देखिने निर्माता करण जोहरले सार्वजनिक गरेका छन्। 

'अर्जुन रेड्डी', 'डियर कमरेड', 'द वर्ल्ड फेमस लभर' लगायत तेलगु फिल्मबाट चर्चामा आएका विजय 'लाइगर'बाट बलिउडमा पनि डेब्यु गर्न लागेका हुन्।

पुरी जगन्नाथको लेखन तथा निर्देशन रहेको फिल्ममा विजयसँगै अनन्या पाण्डे र रामा कृष्णको मुख्य भूमिका रहनेछ। 

टाइसनको नाम जोडिएसँगै फिल्मको चर्चा चुलिएको छ। इतिहासकै सर्वश्रेष्ठ बक्सिङ खेलाडी मानिने टाइसन पहिलो पटक हिन्दी फिल्ममा देखिन लागेका हुन्। 

बक्सिङमा हेभिवेट टाइटल जित्ने सबैभन्दा कान्छा खेलाडी टाइसन नै हुन्। उनले २० वर्षको उमेरमा हेभिवेट उपाधी जितेका थिए।

आफ्नो करिअरमा खेलेका जम्मा ५८ खेलमध्ये ५० खेल जितेका छन्। यसअघि टाइसन हलिउड फिल्म 'ह्यांगओभर' र 'आइपी म्यान'मा देखिएका थिए। 

'लाइगर' हिन्दीबाहेक तेलगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शनमा आउनेछ। २०२१ मै प्रदर्शन गरिने फिल्म कोरोनाले प्रभावित पारेको थियो। फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक भने गरिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.