काठमाडौं : रिज लाइन इनर्जीले पौने २१ लाख बढी कित्ता आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रूपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८ सय ७० कित्ता आइपिओ जारी गर्नेछ।
कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
यो कम्पनीले गोरखा जिल्लाको अजिरकोट–२ मा रहेको चेपे नदीमा सुपर चेपे हाइड्राेपावर आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको क्षमता ९ दशमलव ५ मेगावाट रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।