|
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु गरिएको प्राइभेट वार्डको उद्घाटन गरिँदै। तस्वीर : विकास डिसी

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा ल्याएको छ।

प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा मंगलबार २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको उपकुलपति प्रा.डा. संगिता भण्डारीले बताइन्। उनका अनुसार वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ।

वार्डमा एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै सौचालय, अपांगमैत्री सौचालय, लिफ्टबाट क्याबिनसम्म जाने व्यवस्था, चौबिसै घण्टा डाक्टर र स्वास्थ्यकर्मीसहित सेवा सुरु गरिएको उनले बताइन्।

यो सेवासँगै प्रतिष्ठानले १ सय ७५ बेड सञ्चालनमा ल्याएको छ। त्यस्तै प्रतिष्ठानले आउँदो आर्थिक वर्षदेखि शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको जनाएको छ। प्रतिष्ठानमा सिटी स्क्यान, आधुनिक ल्याबसहित विभिन्न विशेषज्ञ सेवा दिँदै आएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.