|

काठमाडौं : नेपाल प्रहरीले बैंकिङ कसुर अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा फरार खोटाङ घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्रीलाई मंगलबार पक्राउ गरेको हो। 

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २८ को फैसलापछि चार दिन कैद र बिगोबमोजिम १० लाख ६५ हजार ९ सय रूपैयाँ जरिवानापछि फरार रहेका खत्रीलाई पक्राउ गरिएको जानकारी दिए।     

खत्रीले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई चेक दिइ झुक्याएर बैंकिङ कसुर गरेका थिए।

उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

खत्रीलाई फैसला कार्यान्वयनका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.