|

सल्यान : बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका प्रमेश केसीले भैँसीपालनबाट मनग्य आम्दानी आम्दानी गर्दै आइरहेका छन्। 

उनले फर्म नै दर्ता गरेर भैँसी पालेका छन्। उनको फर्ममा रहेका आठ वटा दुहुना भैँसीले दैनिक ७० लिटर दुध दिने गरेको छ। दुध प्रतिलिटर ६० रुपैयाँमा बिक्री भइरहेको प्रमेशले बताए। 

उनको फर्ममा दुईजनाले रोजगारी पाएका छन्। प्रमेशले भैँसीसँगै कुखुरापालन पनि गर्दै आइरहेका छन्। ब्रोइलर जातका कुखुरापालनबाट उनले वार्षिक ८ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.