|

काठमाडौं : देशभर पछिल्लो समय १४ हजार ५ सय ४१ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार १ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार १ सय २३ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै,१ हजार १ सय १३ जना कोरोनामुक्त भएका छन्। 

काठमाडौंमा २ सय ६५,भक्तपुरमा २८ र ललितपुरमा ४२ गरि उपत्यकामा कुल ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.