|

आमिर खान अभिनित 'लाल सिंह चड्ढा'को प्रदर्शन मिति फेरि पछि सरेको छ। यसै वर्षको क्रिसमसमा प्रदर्शन गर्ने तयारी रहेको फिल्म २०२२ को प्रणय दिवस (भ्यालेन्टाइन्स डे) मा रिलिज हुने भएको छ। 

यसअघि पनि कोरोनाले गर्दा 'लाल सिंह चड्ढा'को प्रदर्शन मिति सरेको थियो। अन्य ३ फिल्म पनि क्रिसमसमै प्रदर्शनमा आउन लागेकाले 'लाल सिंह चड्ढा'को प्रदर्शन मिति सार्नुपरेको निर्माताले जानकारी दिएका छन्। 

क्रिसमसका अवसरमा कबीर खान निर्देशित '८३' डिसेम्बर २४ मा प्रदर्शनमा आउँदैछ जसमा रणवीर सिंह मुख्य भूमिकामा छन्।

'८३' बाहेक उनको अर्को फिल्म 'सर्कस' पनि डिसेम्बरमै प्रदर्शनमा आउँदैछ। त्यस्तै शाहिद कपूरको 'जर्सी' पनि डिसेम्बर ३१ मा रिलिज हुँदैछ। 

ओस्कार अवार्ड विजेता फिल्म 'फरेस्ट गम्प'को हिन्दी रिमेक 'लाल सिंह चड्ढा' निर्माणको घोषणा भएदेखि नै चर्चामा छ।

सन् १९९४ मा प्रदर्शनमा आएको हलिउड फिल्म 'फरेस्ट गम्प' ले उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशकलगायत ६ विधामा ओस्कार जितेको थियो।

'लाल सिंह चड्ढा'बाटै आमिर ३ वर्षपछि फिल्ममा कमब्याक गर्दैछन्। यसअघि उनी सन् २०१८ मा 'ठग्स अफ हिन्दुस्तान' मा देखिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.