|
मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रणबहादुर रावल। तस्वीर : टेकसिंह धामी

धनगढी : सुदूरपश्चिममा सत्ता गठबन्धनले मान्यता नपाएको भन्दै नेपाली कांग्रेस असन्तुष्ट बनेको छ।

केन्द्रमा बनेको गठबन्धनअनुरूप सुदूरपश्चिम प्रदेशमा काम नगरिएको भन्दै कांग्रेस असन्तुष्ट भएको हो।

कांग्रेसको सुदूरपश्चिम संसदीय दलले आज (बिहीबार) मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सुदूरपश्चिममा केन्द्रीय गठबन्धनको औचित्य नदेखिएको जनाएको हो।

संसदीय दलका नेता रणबहादुर रावलले जारी गरेको ज्ञापनपत्रमा भनिएको छ,‘केन्द्रीय गठबन्धन अनुरूप जुन ढंगले छलफल र सहकार्य हुनुपर्ने हो, त्यसको कुनै लक्षण देखिएन।’ गठबन्धनलाई मान्यता दिनुपर्ने कांग्रेसको भनाई छ। 

सुदूरपश्चिम सरकारले कांग्रेसलाई बेवास्ता गरेको आरोप ज्ञापनपत्रमा लगाइएको छ।

रकम भुक्तानी गर्न कांग्रेसको माग

कांग्रेसले सुदूरपश्चिम सरकारमातहत कृष्णपुर नगरपालिका–४ मा पूर्वाधार विकास कार्यक्रमबाट ५ लाख रूपैयाँ बराबरको निर्माण सम्पन्न गरिएको तर भुक्तानी नदिएकाले तुरुन्त रकम भुक्तानी गर्न माग गरेको छ।

प्रदेशका कर्मचारीलाई आस्थाको आधारमा विभेद गरिएकाले मापदण्ड तयार गरेर न्यायोचित व्यवस्थापन गरिनुपर्ने र सरकारले बजेटबारे स्पष्ट निर्णय दिनुपर्ने कांग्रेसको माग छ।

केन्द्रमा सत्ता गठबन्धन भएपनि सुदूरपश्चिममा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेस असन्तुष्ट भएकाले प्रदेशसभा बैठकसमेत बहिष्कार गरेको छ।

प्रदेश सरकारले बेवास्ता गरेको भन्दै कांग्रेसले निरन्तर असन्तुष्टि जनाउँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.