|

विराटनगर : प्रदेश १ को झापा, मोरङ र सुनसरीलाई नेपालको धान बालीको भण्डारको रुपमा लिइन्छ। धान नेपालको प्रमुख खाद्यान्न बाली पनि हो।

यस वर्ष प्रदेश १ मा तीन लाख ३२ हजार हेक्टर क्षेत्रमा धान खेती भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत डा. राजेन्द्र उप्रेतीले जानकारी दिए। उनका अनुसार गत वर्ष मोरङमा सबैभन्दा धेरै धान रोपाइँ भएको थियो भने यो  वर्ष झापामा धेरै भएको छ। झापामा ८४ हजार हेक्टर र मोरङमा ७८ हजार हेक्टर क्षेत्रमा धान खेती भएको छ।

यस वर्ष रासायनिक मल अभाव भए पनि पर्याप्त पानी पर्नु‚ रोग, किरा कम लागेकाले गत वर्षभन्दा यस वर्ष धेरै धान फल्नेमा आफू विश्वस्त रहेको मोरङको कटहरी–४ का किसान कोपिन्द्र सिंह बताउँछन्।

पछिल्लो समय तराईका धान फल्ने फाँटहरु प्लटिङ गरेर बस्ती र बजार बसाउने चलन बढिरहेकाले छ। जसले धान खेती हुने जग्गा बर्सेनि घट्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.