|

नेपाली कांग्रेसको चौधौं महाधिवेशनका लागि गोरखाबाट प्रतिनिधि छानिएकी छन् शोभा अधिकारी।  उनले गोरखाका जनता र जगतमाता गोरखकालीलाई साक्षी राखेर कसैको शिर झुक्ने काम नगर्ने प्रतिवद्धता गरेकी छन्। उनी युवा नेत्री शोभा अधिकारीसँग थाहा संवाद: 

गोरखा जिल्ला क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि  विजयी हुनुभएको छ, के प्रतिक्रिया छ? 

म गोरखा जिल्लाकी चेली हुँ। सबैकी प्रिय पनि छु। विद्यार्थी कालदेखि नै राजनीति गरेकी मलाई गोरखा कांग्रेसजनले असाध्यै  प्रेम गर्नुहुन्छ। यो प्रमाणित भएको छ। मैले नेपाल विद्यार्थी संघमा तीन कार्यकाल केन्द्रीय सदस्य भएर काम गरेकी छु।

अहिलेका चिर्चित एवं लोकप्रिय नेता विश्वप्रकाश शर्मा नेविसंघको सभापति हुँदा म पद्यकन्या क्याम्पसको स्ववियू उपसभापति,गुरुराज घिमिरे, केशव सिंह र महेन्द्र शर्मा नेविसंघको केन्द्रीय सभापति हुँदा म नेविसंघकै केन्द्रीय सदस्य थिएँ। प्रदीप पौडेल नेविसंघको उपसभापति रहेको   केन्द्रीय कार्यसमितिमा म सदस्य थिएँ। 

गगन थापाजस्ता होनहार व्यक्ति नेविसंघको महामन्त्री हुँदा म कार्यसमिति सदस्य थिए। कस्ता मान्छेसँग काम गरिएको छ भन्ने कुराले हरेक क्षेत्रमा अर्थ राख्छ। अझ राजनीतिमा त कस्तो नेतृत्वमा काम गरेको थियो भन्ने कुरा निकै खोजी हुन्छ। नेविसंघको म केन्द्रीय  कार्यसमिति सदस्य भइरहँदा नेतृत्व पनि निक्कै जुझारु थियो। समय पनि चुनौती पूर्ण थियो। यसले मलाई राजनीतिमा तिखार्न सहयोग पुर्यायो। 

पद्य कन्या क्याम्पस, बागबजारको स्ववियू नेतृत्वमा बसेर मैले विद्यार्थी आन्दोलनलाई हाँकेकी छु। मेरो विगतलाई गोरखा कांग्रेसले राम्रोसँग बुझेको रहेछ। म प्रति उहाँहरुको अगाध माया स्नेह र विश्वास रहेछ भन्ने प्रमाणित भएको छ। 

विद्यार्थी राजनीतिबाट अगाडि बढेकाले गाउँगाउँका कार्यकर्ताहरुसँग घुलन हुन गाह्रो भएन ?

मेरा धेरै दावी थिएनन् र छैनन् पनि। राजनीतिमा पढेलेखेका महिलाको पनि सहभागिताको जरुरी छ। म दुई विषयमा स्नातकोत्तर गरेकी महिला हुँ। विद्यार्थी राजनीतिमा मैले लामो समय काम गरेकी छु। पार्टी राजनीतिमा पनि मेरो राम्रो अनुभव छ। म केन्द्रदेखि स्थानीय तहको राजनीतिमा जहाँ पनि सहजै घुलमिल हुन सक्छु।

जिल्लाको राजनीतिलाई थप बलियो बनाउन र आउँदै गरेको स्थानीय, प्रदेश अनि संघीय निर्वाचनमा गोरखा कांग्रेसको जित सुनिश्चित गराउन पनि मैले महाधिवेशन प्रतिनिधिमा आफूलाई उभ्याएकी थिएँ। यसमा मैले सबैको विश्वास र माया पाएर प्रमाणित पनि भयो। अब यसलाई मैले सबैको समान सम्मान र अधिकार स्थापित गराउन काम गर्नु पर्छ भन्ने सोचेकी छु। 

जहाँसम्म विद्यार्थी संगठनबाट  पार्टी राजनीतिमा प्रवेश गरेकाले गाउँठाउँमा गाह्रो भयो कि भन्ने प्रश्न छ‚ विद्यार्थी राजनीतिबाट आउनेले  जस्तो पार्टीलाई प्रेम अरुले गर्न झनै अप्ठ्यारो छ। आफ्नो माउँ पार्टीलाई हर तरह जोगाउन राजनीतिमा सक्रिय विद्यार्थीले के मात्रै गर्दैनन्!  गरेका छैनन् होला ?

विद्यार्थी राजनीतिले मलाई  अनुशासन र संघर्ष दुवै सिकाएको छ। यति बेला मैले गोरखा क्षेत्र नम्बर २ (मेरो निर्वाचनमा) मेरो राजनीतिक अनुशासन र संघर्षको  परीक्षा पनि दिएर चुनावी परीक्षामा साच्चिकै माया पनि  पाएकी छु। 

तपाईंको संघर्षअनुसार राजनीतिक उपलब्धि अलि कम हुदाँहुदै पनि विजयी हुनु भयो कि! कसरी समीक्षा गर्नुहुन्छ? 

हिसाब किताब गरेर राजनीति गर्नु हुँदैन। राजनीतिक समर्पण  समाज र देशका लागि हो। मैलै विद्यार्थी राजनीतिमा झण्डै २ दशकभन्दा बढी समय  बिताएकी हुँ। तर कामको व्यक्तिगत प्रतिफल कहिल्यै खोजिनँ। मेरो कामको मूल्यांकन त पार्टी नेतृत्व र पार्टी कार्यकर्ताले गर्ने कुरा थियो प्रमाणित भएको छ। अब मैले  पार्टीलाई थप उचाइबाट योगदान दिँदै जाने हो। प्रतिफल मात्र खोज्ने पक्षमा म छैन्। 

महाधिवेशन प्रतिनिधि त हुनुभयो‚ अब तपाईं के गर्नु हुन्छ?

मेरा धेरै दावी छैनन्। राजनीतिमा पढेलेखेका महिलाको पनि सहभागिताको जरुरी थियो र छ। विद्यार्थी राजनीतिमा मैले लामो समय काम गरेकी छु। पार्टी राजनीतिमा पनि मेरो राम्रो अनुभव छ। म केन्द्रदेखि स्थानीय तहको राजनीतिमा सहजै घुलमिल गर्न सक्छु।

जिल्लाको राजनीतिलाई थप बलियो बनाउन र आउँदै गरेको स्थानीय, प्रदेश अनि संघीय निर्वाचनमा गोरखा कांग्रेसको जित सुनिश्चित गराउनका लागि पनि मैले आफुलाई उभ्याएकी छु। कांग्रेस सबैको पार्टी हो।

यसमा सबैको समान सम्मान र अधिकार हुन्छ भन्ने कुरालाई अझ स्थापित गराउन पनि मैले पार्टीको केन्द्रीय राजनीतिमा रहेर काम गर्नु पर्छ भन्ने सोचेकी छु। 

केन्द्रमा पनि जित्ने अपेक्षा छ? 

मेरा स्थानीय सहकर्मी साथीहरु पुराना कार्यकर्ता र अग्रजहरुले केन्द्रीय प्रतिनिधि जुन आशा भरोसा र विश्वासले बनाउनु भयो अब जिल्ला वा केन्द्रमा पार्टीको आवश्यकताअनुसार काम गर्न तयार छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.