|

काठमाडौं : सार्वजनिक सवारी साधनमा छोटो दूरीको भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका छन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साेमबार बिहान ७ बजेदेखि नै रिङ रोडमा करिब पाँच सय बस राखेर विरोध गरिरहेका छन्। यातायात व्यवसायीहरुले विरोध गरेपछि यात्रुहरुलाई सास्ती भएको छ। उनीहरु समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन्। विरोध गरेपनि ट्राफिक जाममा भने केही समस्या नभएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए।

‘भाडा बढाउनुपर्ने माग राखेर बिहानदेखि नै सडकको छेउछाउमा गाडी राखेर विरोध गरेका छन,’उनले भने,‘सवारी जाम भने भएको छैन।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.