|

धनगढी : भारतकाे नियन्त्रणमा रहेकाे दार्चुलाकाे कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नहुने भएकाे छ। 

२०१८ सालपछि जनगणना हुन नसकेको उक्त क्षेत्रमा अहिले चुच्चे नक्सा सार्वजनिक भएपश्चात गणना हुन्छ कि भन्ने अपेक्षा धेरैको छ। तर जनगणना कार्यालय दार्चुलाका अनुसार उक्त क्षेत्रमा यस वर्षमा पनि जनगणना नहुने भएको हाे। 

जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले भने, ‘जहाँसम्म नेपाल सरकारको उपस्थिति छ, जहाँसम्म सरकारले आफ्नो भूमी उपभोग गरिरहेको छ र जहाँसम्म प्रशासनको उपस्थिति छ त्यहाँसम्म हाम्रा सुपरीवेक्षक साथीहरू पुग्छन्। सरकारले उपभोग गर्न नसकिरहेको र नेपालको प्रशासनिक तथा सैनिक उपस्थिति नभएको, सरकारको नियन्त्रण बाहिर रहेको भू-भागमा सुपरिवेक्षक जान सक्दैनन्।’

जिल्ला प्रशासन कार्यालयले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा आफ्नो उपस्थिति नरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले उक्त क्षेत्रमा आफ्नो उपस्थिति नभएको स्वीकार गरे। ती तीनवटै क्षेत्रमा सरकारको उपस्थिति नरहेका कारण जनगणना नहुने निश्चित भएको छ। 

सरकारले सुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने तयारी भएकाे छ। हरेक १० वर्षमा हुने जनगणना यस वर्ष भइरहेको हो। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.