|

इलाम : इलामको नेपाल–भारत सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिका–३ कट्टेबुङबाट सशस्त्र प्रहरीले ४० लाख रुपैयाँ बराबरको औषधि बरामद गरेको छ।

सीमा नाकाबाट नेपाल भित्र्याउँदै गरेको सूचना पूर्वी क्षेत्रीय सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी मुख्यालय इटहरी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पशुपतिनगरको संयुक्त टोलीले औषधि बरामद गरेको हो। कट्टेबुङ क्षेत्रको पुरानो घरमा लुकाएर राखिएको अवस्थामा सोमबार राति ११ बजे औषधि बरामद गरेको जनाइएको छ।

सशस्त्र प्रहरीले २९ वटा कार्टनमा बरामद भएको औषधिको मूल्य ४० लाख ४२ हजार ३५८ रुपैयाँ बराबर रहेको जनाएको छ। औषाधि भारतीय कम्पनीको ट्रामाडोल हाइड्रोक्लोराइड, गुल्फ्रेडिल, टाडाल्फिल, एजिन्टास, मेगामेन्टिन, डेरमिकेम, मोन्टास, लेविक रिलिफ टेब्लेट, लेविक रिलिफ जेल, पेन्टाप्राजोल लगायतका औषधि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

ती औषधिहरु नेपालमा बाथरोग, छाला रोग, प्रोस्टेट, युरिक एसिड, ग्यास्ट्रिकलगायतका विभिन्न रोगको उपचारका लागि प्रयोग गरिँदै आएको छ। बरामद गरिएको केही औषधि नेपाल सरकारले चिकित्सकको प्रिस्क्रिप्सनबिना बिक्री वितरणमा समेत रोक लगाएको पाइएको छ।

ठूलो परिमाणमा औषधि बरामद गरिए पनि कसले कहाँ लग्न लुकाएर राखिएको भन्ने नखुलेको सशस्त्र प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.