|

विराटनगर : मोरङको विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नेपाल भित्र्याउन लागेको अवस्थामा मानव खप्पर र हड्डी बरामद भएको छ।

भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न लागेको को १ च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले मंगलबार साँझ खप्पर र हड्डी बरामद गरेको हो। भ्यान चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर पोष्ट रानीबाट खटिएको टोलीले २८ थान खप्पर र नली खुट्टा एवं हातको हड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए।

पौडेलका अनुसार सशस्त्र प्रहरीले भ्यानलाई चेकजाँच गर्न थालेपछि चालक फरार भएका थिए। भ्यानको डिक्कीमा फेला परेको पहिचान नखुलेको वस्तु कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान लगाइएको थियो। तर‚ वन्यजन्तु विज्ञ, चिकित्सक, वनका कर्मचारीले उक्त वस्तु वन्यजन्तुको अंग नभएको बताएका पौडेले बताए।

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले वन्यजन्तुको अंगसँग मेल नखाने वस्तु मानव अंग भएको हुन सक्ने बताए। उनले हेर्दा मानव शरीरका अंगसँग मेल खाने र फरेन्सिक परीक्षणपछि मात्रै यसबारे पुष्टि हने बताए।

घटनाको थप अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन बरामद भएको वस्तु नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ। सीमा क्षेत्रबाट मानव अंगसँग मिल्ने वस्तु बरामद भएपछि घटनालाई निक्कै संवेदनशील रूपमा लिइएको उनले बताए।

बरामद भएको  बस्तु परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेकाले रिपोर्ट प्राप्त भएपछि पुष्टि हुन सक्ने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए।

दुई जना नित्रयन्त्रण

फरार रहेका भ्यान चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ।

ती वस्तु कहाँबाट ल्याएको र कसको हो भने खुलिसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.