सप्तरी : रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जंगलमा एक युवती मृत फेला परेकी छन्।
रुपनी–२ रायपुरकी २० वर्षीया चाँदनी चौधरी बुधबार बिहान रूखको हाँगामा पासो लागेर झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घाँस काट्न गएका स्थानीयवासीले युवती झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको स्थानीयवासीले जनाएको छ। मृतक युवतीको पहिलादेखि नै मानसिक सन्तुलन ठिक नरहेको भन्दै आफैं रूखमा झुन्डिएको हुन सकिने बताइएको छ।
घटनाबारे थप अनुसान्धन भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। मानसिक रोगी चाँदानी गत शनिबारदेखि घरबाट बेपत्ता भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।