|

दाङ : यातायात व्यवस्था कार्यालय दाङले पनि  स्मार्ट लाइसेन्स सरहको एक वर्षे परीक्षणकालीन लाइसेन्स वितरण सेवा सुरु गरेको छ। 

बुधबार एक कार्यक्रमका बीच कार्यालयमा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले सेवाग्राही राम नारायण थारूलाई परिक्षण कालीन पहिलो लाइसेन्स कार्ड दिएर सेवाको सुरुवात गरेका हुन्। 

एक वर्षका लागि परीक्षणका रुपमा अस्थायी स्मार्ट जस्तै देखिने डिजिटल कार्ड दिने ब्यवस्था यातायात विभागले मिलाएको छ।
ट्रायल पास गरेका तर, स्मार्ट लाइसेन्स नपाएका व्यक्तिहरूका लागि एक वर्षको लागि परिक्षण कालीन लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय दाङका निमित्त प्रमुख रविन्द्र केसीले बताए। 

ट्रायल पास गरिसकेकालाई एक वर्षसम्म परिक्षण कालीन लाइसेन्स दिने भन्ने विभागको प्रावधान अनुसार कार्यालयले परिक्षण कालिन लाइसेन्स वितरण गरेको उनको भनाइ छ ।  उक्त लाइसेन्सको अवधि एक वर्षको लागि मात्रै हुनेछ। उक्त लाइसेन्समा गलत या सही व्यक्ति हो, भनी पहिचानको लागि क्युआर कोड स्क्यानगर रहने व्यवस्था छ। जसलाई ट्राफिक प्रहरीले आफ्नो मोबाइलमा एप्स प्रयोग गरि जाँच गर्नेछ। उक्त लाइसेन्सको छुट्टै कुनै शुल्क लाग्ने छैन्। 

त्यसका साथै लाइसेन्सको सबै कुरा आफै सिस्टममा गएर बस्ने भएकाले एक वर्षसम्म परिक्षण कालीन लाइसेन्स प्रयोगकर्ताले पाँच पटकसम्म ट्राफिक नियम उलङ्घन गरेको अथवा जरिवाना परेको पत्ता लाग्ने र एक वर्षमा छैटौँ पटक जरिवानामा परेमा उक्त व्यक्तिले स्मार्ट कार्ड नपाउने निमित्त प्रमुख केसीले बताए। उनका अनुसार प्रत्येक दिन ३ बजेपछि कार्यालयबाट ट्रायल पास गरेकाहरूले परिक्षण कालीन लाइसेन्स पाउन छन्। 

पहिलो दिन कार्यालयबाट ९३ जना सेवाग्राहीहरूलाई परिक्षण कालीन स्मार्ट लाइसेन्स वितरण गरिएको छ। वर्षौँदेखि स्मार्ट लाइसेन्सको लागि ट्रायल पास गरेर लाइसेन्स नपाएका सेवाग्राहीहरूलाई परिक्षण कालीन लाइसेन्स पाउँदा खुशी व्यक्त गरेका छन्। थारूले ट्रायल पास गरेको लामो समय सम्म पनि लाइसेन्स नहुँदा धेरै समस्या भोगेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.