|

काठमाडौं : बाल साहित्य सर्जक श्रीराम राईद्वारा लिखित बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। बुक्स हिमालयले बुधबार बालकथा संग्रह बजारमा ल्याएको हो।

यो बालकथा संग्रह सबै विद्यालय तहका विद्यार्थीहरूका लागि उपयोगी हुने कथाकार राईको भनाई छ। ‘बालकथा संग्रहमा बालमनोविज्ञानलाई विशेष ध्यान दिइएको छ,’ उनले भने, ‘कथा शिक्षामूलक अनि रमाइला छन्, बजारमा आइसकेको छ।’

उनका अनुसार बालकथा संग्रहमा बलजितको जुक्ति, मुनाको अभियानलगायत ७ कथा समावेश छन्। संग्रहलाई सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेकी छन् भने राजकुमार प्रजापतिको चित्र रहेको छ।

यसको मूल्य ९९ सय रुपैयाँ रहेको छ।

खोटाङका राई पछिल्लो समय साहित्यिक पत्रकारितामा पनि सक्रिय छन्। यसअघि उनकाे टोली नेता (बालकथा संग्रह–२०७४),आजका लघुकथा, संयुक्त लघुकथा संग्रह–२०७४) लगायत प्रकाशित भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.