|

जनकपुरधाम : कोरोनाले अस्तव्यस्त नेपाली अर्थतन्त्र दशैँसँगै चलायमान हुन थालेको छ। प्रदेश २ को राजधानी जनकपुरधाममा हरेक वर्षझैँ चहलपहल बढेको छ।

किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिज लगायत सामान किनमेल गर्नेको अत्यधिक भीड देखिएको छ।

वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल/रेस्टुराँ, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ। दशैँतिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरिरहेका छन्।

हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दशैँमा उपभोग हुने अनुमान गरिन्छ। लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर रमाइलो गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने दशैँमा मानिसले धक फुकाएर खर्च गर्छन्। फलस्वरूप यसले अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ।

अर्थशास्त्रका लेक्चरर उज्ज्वल दाहाल घरायसी खर्चको एकतिहाइ दशैँमा खर्च हुने गरेको बताउँछन्। उनले उद्योगी व्यवसायीले दशैँतिहार र छठसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफरसहित ग्राहकलाई लोभ्याउने प्रयत्न गर्ने गरेको बताए।

‘दशैँको व्यापारले वर्षभरको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ’, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ भन्छन्। टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायतका खरिदकर्तालाई दशैँको अफर पर्खेर बस्ने बानी लागिसकेको छ।

अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल/रेस्टुराँले दशैँलक्षित प्याकेज बेचन थालेका छन्। फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विभिन्न योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोज्द  सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दशैँ केन्द्रित किनमेलको चाप बढ्दो छ।

त्यसैले दशैंतिहार र छठ लगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ।

बाहिर रहेकाहरू दशैँ मनाउन आ–आफ्न गाउँघर आउने क्रम जारी छ। सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकम जोहो गर्ने र यही समयमा बढी खर्चन्छन्।

वर्षभरिमा कर्मचारीले यति वेला १३ महिनाको तलब पाउँछन्। थप एक महिनाको तलब दशैँ खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दशैँ अर्थतन्त्र चलायमान बनाउने प्रमुख पर्व भएको अर्थशास्त्री डा. सुरेन्द्र लाभको भनाइ छ।

दशैँतिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यसै वेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो।

‘पहिले पनि दशैँ अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख पर्व थियो। पहिले दशैँ विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामान किनमेल गर्दछन्। कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ’, अर्थशास्त्री डा. लाभले भने।

यसबाहेक निजी क्षेत्रका संघसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दशैँ खर्चबापत बोनस तथा भत्ता दिन्छन्। यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ। पछिल्ला वर्षमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैँका वेला विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरू बताउँछन्।

विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन्। अन्य महिनाको तुलनामा दशैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार औसतमा दशैँताका करिब १०/१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ।

​यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन। भारतमा हजारौँ नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ।

अर्थविद्हरूका अनुसार दशैँअघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ। दशैँदेखि छठसम्म बजारमा करिब पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमै बृहत् रहेको अर्थशास्त्री डा. सुरेन्द्र लाभको भनाइ छ।

खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्ने गरी नाफा कमाउने समय पनि भएको छ। दशैँअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीको भनाइ छ। उनका अनुसार छुट तथा विभिन्न आकर्षक योजनाका कारण पनि यो वेला बजारमा रौनक बढेको हुन्छ। 

यतिखेर जनकपुरका मुख्य बजार शिवचोक, रामचोक, मुरलीचोक, जानकीचोक लगायतका ठाउँमा किनमेल गर्नेको बाक्लो उपस्थिति देखिन्छ।

ठाउँ ठाउँमा दशैँ बजा

यता जनकपुरधाममा असोज २१ गते घटस्थापना देखि सुरु भएको दशैँ बजार असोज २७ गते महाष्टमीसम्म सञ्चालन गरिएको छ।

सस्ता बजारको नाममा चिनिने यो बजारको जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वय तथा सहकार्यमा सुरु भएको हो। दशैँ बजारले स्थानीय तथा राष्ट्रिय उत्पादन बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने विश्वास धनुषाका प्रमुख जिल्ला अधिकारी एवं मेला व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाको रहेको छ।

मेलामा खाद्यान्न सामग्री, साबुन, अगरबत्ती, चाउचाउ, बिस्कुट, प्लास्टिकका भाडा, कपडा, चप्पल जुत्ता, शृङ्गारका सामग्री सहित अन्य दैनिक उपभोग्य सामग्री विक्री कक्षमा राखिएको जनकपुरधाम उद्योग वाणिज्य संघले जनाएको छ।

कोरोना महामारीका कारणले सुषुप्त आर्थिक गतिविधि तीव्र बनाएर सहुलियतमा सामान बिक्री वितरण भइरहेकाले यसले उपभोक्तालाई राहत पुग्ने विश्वास गरिएको छ।

गत वर्ष कोरोना महामारीका कारण दशैँ बजार लागेको थिएन। धेरैले खोप लिइसकेको र कोरोना नियन्त्रणको अवस्थामा रहेकाले दशैँ बजार आयोजना गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।

सस्तो बजारको रूपमा रहेको दशैँ बजारको मूल्यमा नै जनकपुरधामका केही पसलमा मूल्य सूची राखेर छठसम्म विक्री गराउने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए।

दशैँ बजारबाट उपभोक्ताका साथै खुद्रा व्यापारीले पनि खरिद गरेर लाने भएकाले यसमा करोडौंको कारोबार हुने गरेको छ। कम्पनीबाटै सोझै जनकपुरधामको सस्तो बजारमा आउने गरेकाले सस्तो पर्ने गरेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्वमेयर बजरंगप्रसाद साहले जानकारी दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.