|

काठमाडौं : दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि जिउँदो खसी र बोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ तोकेको छ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा बिक्रीका लागि राखेका खसी, बोकाको उक्त मूल्य प्रतिकिलो ६५० रुपैयाँ तोकेको छ। तर‚ दशैंका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकलाई आग्रह गरे। उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए।

कम्पनीले हाल दुई हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ। तर‚ ग्राहकको चाप बढेकाले आवश्यकताअनुसार फेरि थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनी बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन्। उनले दैनिक ५०० वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताइन्।

यता ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खसी, बोका उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले खसी, बोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षभन्दा सहज भएको प्रतिक्रिया दिएका छन।

कम्पनीले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको छ। कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ। कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसी, बोका ल्याइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.