काठमाडाैं : बलिउडमा पौराणिक तथा ऐतिहासिक कथामा फिल्म बनाउने क्रम बढ्दो छ। पछिल्ला वर्षहरूलाई हेर्ने हो भने ठूलाठूला लगानीमा पौराणिक तथा ऐतिहासिक कथामा फिल्म बनेको देख्न सकिन्छ।
यस्तैमा भारतीय फिल्म इतिहासकै सबैभन्दा ठूलो लगानीमा रामायण बन्ने भएको छ। साढे ७ सय करोड अनुमानित बजेट रहेको फिल्मलाई मधु मंटेनाले निर्माण गर्ने बताइएको छ।
नितेश तिवारीले निर्देशन गर्ने भनिएको फिल्ममा रामको भूमिका रणबीर कपूर र रावणको भूमिका हृतिक रोशनले निर्वाह गर्ने बताइएको छ। भारतीय सञ्चार माध्यमका अनुसार रणबीर र हृतिकलाई समान ७५ करोड पारिश्रमिक दिइने छ।
फिल्मका लागि अन्य कलाकार छनोटको काम भइरहेको छ। अर्को वर्षदेखि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टोली रहको छ। रामायणमै आधारित रहेको अर्को फिल्म आदिपुरुषको निर्माणको काम भइरहेको छ।
जसमा रामको भूमिकामा प्रभास र रावणको भूमिकामा सेफ अलि खान देखिँदै छन्। अर्को वर्ष अगस्तदेखि प्रदर्शनमा ल्याउने तयारी भइरहेको फिल्मको अनुमानित बजेट ५ सय करोड रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।