|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ७ सय ८५  जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार १ सय ९५ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७ सय ८५ जना संक्रमित भेटिएका हुन्। 

आज १२ जना संक्रमितको मृत्यु भएको विवरणमा उल्लेख छ। 

 यस्तै आज ८ सय  ८८ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १४ हजार ७ सय ८७ जना सक्रिय संक्रमित रहेकोसमेत मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.