|
बिना विभागीयमन्त्री डोबाटे विश्वकर्मा (खादा लगाएका)। तस्वीर : मिला दरै

तनहुँ : गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गरेको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सोमबार मन्त्रिपरिषद बिस्तार गरेका हुन्।

मन्त्रिपरिषद विस्तारमा सांसद डोबाटे विश्वकर्मा पनि समेटिएका छन्। डोबाटे बिना विभागीयमन्त्री नियुक्त भएका छन्।

डोबाटेले दलित समुदायको हक, अधिकारका लागि सदैव सक्रिय रुपमा संघर्ष र आवाज बुलन्द पार्दै आएका छन्।

गत २९ जेठमा कांग्रेस नेतृत्वको सरकार बनेपछि नै उनी मन्त्री बन्ने पक्का थियो। तर, अन्तिममा उनको ठाउँमा कांग्रेसकै बिन्दुकुमार थापा मन्त्री बनेका थिए।

शपथ लिन जाँदाजाँदै बाटोमै डोबाटेको नाम काटिएपछि कांग्रेस र गृहजिल्ला तनहुँमा पार्टी सभापति शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको व्यापक आलोचना भएको थियो।

डोबाटे कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। डोबाटेलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन। अहिले बिना विभागीय मन्त्रीको शपथ गराइएको छ।

तर, प्रदेशमा १२ वटा मन्त्रालय बनाउन मिल्ने प्रावधान भएकाले सम्भवतः एउटा थपिने प्रदेशले जनाएको छ। मुख्यमन्त्री गत साता काठमाडौं जाँदा यही विषयमा कुरा भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.