|

कञ्चनपुर : दोधारा–चाँदनी नगरपालिका–९ की ८० वर्षीया वृद्धाको कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको छ।

कोरोना संक्रमित भएर श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। कञ्चनपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार सोमबार कञ्चनपुरमा १३ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमण देखिएकामा भीमदत्त नगरपालिकाका ७ जना, दोधारा–चाँदनीका एक जना, बेदकोट नगरपालिकाका २ जना, बेलौरी नगरपालिकाका २ जना र लालझाडी गाउँपालिकाका एक जना छन्।

यसैगरी, ६ जना संक्रमणमुक्त भएका छन्।  ३० जना संक्रमित क्वारेन्टाइनमा छन् भने अस्पतालको आइसोलेसनमा ५ जना संक्रमित छन्।

कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बसेका संक्रमित भने ४९ जना छन्।

हालसम्म १ हजार २ सय ५ जनालाई कोरोनाको संक्रमण देखिएकोमा जसमध्ये १ हजार १ सय ४९ जना निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.