|
शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधी। तस्वीर : अजय साह

जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

सभापति देउवाले आफूलाई १३ औँ महाधिवेशनकै बेला आफूलाई सहयोग गर्ने वचन दिएको उनले बताए।

धनुषा निर्वाचन क्षेत्र २ मा विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलामा उपसभापति निधीले सभापति देउवासँगको कुराकानीबारे कार्यकर्तासँग बताए, ‘सभापति देउवाले त्यसबेला सबै नेताहरूबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको छ। त्यसैले यसपालि सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ।’

उनले हिमाल, पहाड र तराईवासीबीच भावनात्मक सम्बन्ध जोड्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने फेरि दोहोर्‍याउँदै उनले भने, ‘हिमाल र पहाडका साथीहरूले नेपाली काँग्रेसको सभापतिमा मलाई हेर्न चाहनुभएको छ।’

निधिले निर्वाचन क्षेत्रबाट सभापतिमा समर्थन गर्न सबैसंग अनुरोध गरे। उनले भने, ‘सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईंहरुको समर्थन चाहेको छु।’

उपसभापति निधीले अबको ५ वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताले गर्ने दाबीसमेत गरे।

उनले भने, 'अब ५ वर्षपछि हुने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापालगायत युवा पुस्ताको दाबेदारी रहने भएकाले अबको ५ वर्षपछि युवापुस्ता नेतृत्वमा पुग्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.