|

संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले तालिबानलाई महिला र बालबालिकाको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन्।

महासचिव गुतेरेसले भनेका छन्‚ 'तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा महिला, बालबालिका, अल्पसंख्यक समुदाय, पूर्व सरकारी कर्मचारीहरूसहित उनीहरू आफ्नो अधिकारको रक्षा गर्ने वाचा गरेका छन्। त्यो पूरा हुनुपर्छ।'

महिला र बालबालिकासँग आफ्नो प्रतिज्ञा पूरा गरी अन्तरराष्ट्रिय मानवअधिकार र मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्नुपर्नेमा गुतेरेसले जोड दिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.