काठमाडौं : गायक प्रवीण बेडबालको स्वरमा नयाँ गीत 'हजार जुनी’ सार्वजनिक भएको छ। गीतमा कालेबुङका शिशिर मोथेको शब्द रहेको छ। एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो एसआर क्रिएसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा कालेबुङका कलाकारद्वय रोशन दाहाल र रेखा पौड्यालले अभिनय गरेका छन्। गीतमा ऋषिराज दर्नालको संगीत संयोजन रहेको छ।
गीतलाई जस्टिन लेप्चाले छायांकन गरेका हुन् भने बिक्की प्रधानले सम्पादन गरेका छन्। यस्तै गीतलाई रोशन दाहालले सम्पादन गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।