|

फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले कतार विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा लक्जेम्बर्गमाथि ५-० को फराकिलो जित निकालेको छ। रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टी तथा दोस्रो हाफमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

रोनाल्डोले खेलको आठौं र १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे। १७औं मिनेटमा ब्रुनो फर्नान्डेसले बर्नार्डो सिल्भाको पासमा गोल गरेका थिए। ६९औं मिनेटमा जोआओ पाल्हिन्हाले अग्रता बढाए। खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले आकर्षक हेड गर्दै ह्याट्रिक पूरा गरे।

उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्‍याएका छन्। उनले गत महिना सर्वाधिक अन्तर्राष्ट्रिय गोल गरेका इरानका अली दाइको १०९ गोलको कीर्तिमान भंग गरेका थिए। यो जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ।

शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ। पोर्चुगलले अब आयरल्यान्डसँग खेलेपछि अन्तिम खेलमा सर्बियाको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली सिधै विश्वकपको लागि छनोट हुनेछ। दोस्रो स्थानमा रहने टोलीले भने अर्को छनोट चरण पार गर्नुपर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.