|

सर्लाही : सर्लाहीका किसानलाई यतिखेर धान भित्र्याउने चटारो परेको छ। उत्तरी क्षेत्रमा रहेका ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा नगरपालिकाको विभिन्न क्षेत्रमा धान पाकेर भित्र्याउन थालिएको किसानहरुले बताएका छन्।

दक्षिणी भेगमा साउनमा रोपिएको धान भने दशैंपछि भित्र्याउने किसानहरुको तयारी छ। सर्लाहीका २० वटै स्थानीय तहमा धान खेती हुन्छ।

यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले किसानहरुले असार लाग्नासाथ धान रोपेका थिए। पर्याप्त वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानहरूले अनुमान गरेका छन्।

कृषि ज्ञान केन्द्र मलंगवाले कतैकतै गवारो र लाही किरा जस्ता सामान्य रोगको प्रकोप देखिए पनि धान राम्रै फलेको बताएको छ। केन्दका प्रमुख कमलदेव प्रसाद कुशवाहाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको बताए। उनले केही दिन आकाशे वर्षा नभए किसानले धान धमाधम भित्र्याउने बताए। सर्लाहीमा ४६ हजार हेक्टरमा धान खेती हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.