|

काठमाडौं : दशैँका वेला पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित तथा जनावरले टोकेका विरामीलाई दशैँको समयमा पनि उपचार गर्ने व्यवस्था मिलाएको छ।

अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले आकस्मिक सेवा, ओपिडी तथा अन्य उपचार सेवा दशैँमा पनि उपलब्ध हुने बताए। उनले भने‚ 'भोलि (नवमीका दिन पनि हाम्रोमा ओपिडी खुलै हुन्छ, अन्य नियमित सेवा पनि हामीले इमर्जेन्सीबाटै दिँदै आएका छौँ।' कर्मचारी बिदामा भएको र चाप पनि धेरै नहुने भएका कारण पिसिआर परीक्षण सेवा भने बुधबारबाट शनिबारसम्म बन्द हुने बताए। 

त्यस्तै अस्पतालमा सबै चिकित्सक उपलब्ध हुनेछन्। जनावरको टोकेर भएका विरामीलाई अस्पतालले चौबीसै घण्टा सेवा दिने व्यवस्था गरिएको छ। निर्देशक डा. बास्तोला अस्पतालमै रहेका कारण प्रशासनिक कार्यमा पनि उनलाई सम्पर्क गर्न सकिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.