|

नर्वेमा एक व्यक्तिले अन्धाधुन्ध तीर आक्रमण गरी पाँच जनाको हत्या गरेका छन्। आक्रमणमा अन्य दुईजना घाइते भएका छन्।

अधिकारीहरुका अनुसार ३७ वर्षीय ती व्यक्तिले बुधबार साँझ राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सबर्गमा अन्धाधुन्ध तीर आक्रमण गरेका थिए। उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरूले बताएका छन्।

ती व्यक्तिले किन आक्रमण गरे भन्ने अहिलेसम्म नखुलेको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। आक्रमणमा परी मृत्यु भएका व्यक्तिको शव सुपरमार्केटमा भेटिएको थियो।

नर्वेकी प्रधानमन्त्री अर्ना सोल्बर्गले घटना बीभत्स भएको बताएकी छन्। आक्रमणबाट धेरै जना त्रसित भए पनि अहिले अवस्था नियन्त्रणमा आएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.