|

भक्तपुर : बडादशैंको टीकाका दिन भक्तपुरको प्रसिद्ध ब्रह्मायणी शक्तिपीठमा ठूलो मेला लागेको छ। धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणी शक्तिपीठको दर्शन र पूजाका लागि प्रत्येक वर्ष भक्तजनको घुइँचो लाग्ने गर्छ।

टीकाका दिन ब्रह्मायणी र नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति, र समृद्धि मिल्छ भन्ने जनविश्वास छ। ब्रह्मायणी देवीको दर्शन र पूजा गर्न काठमाडौंउपत्यका लगायत आसपासवबाट भक्तजनहरु आउँछन्।

सुख, शान्ति, र मनोकांक्षा पुराहोस् भन्ने उद्देश्यले टीकाको दिन भक्तजनहरु आफ्नो घरदेखि ब्रह्मायणीसम्म घस्रेर आउने गर्छ भने कोही टाउको हातमा बत्ती बालेर बस्ने गर्छन्। भक्तपुरको टोलटोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धाँ बाजा, नौबाजाका टोली पनि बिहानै मन्दिर पुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.