|

काठमाडौं : आज दशैँको अन्तिम दिन अर्थात् विजया दशमी। सबैले घरघरमा आफूभन्दा ठूलाको हातबाट टीका जमरा र आशीर्वाद थाप्दै छन्। आफ्नो घर नहुने अनि विभिन्न कारणले परिवारसँग टाढिएकाहरूले पनि यो चाड मनाउँदै छन्।
यसैक्रममा गोकर्णेश्वर नगरपालिका-९ मा अवस्थित बाल आश्रय गृह "सुनौलो पाइला"मा रहेका बालबालिकाले पनि दशैँको टीका र आशीर्वाद थापे। संस्थामा रहेका १२ जना बालबालिकालाई आज संस्थाकी अध्यक्ष रोजिना विष्ट र उनका श्रीमान्‌ले टीका जमरा लगाइदिएका छन्।

२०७५ सालमा पाँचजना अभिभावकविहीन बालबालिकालाई आश्रय दिएर खुलेको सुनौलो पाइलामा हाल १२ जना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.