|

जनकपुरधाम : विजया दशमीको दिन आज जनकपुरधाममा रावण वध आयोजना गरिएको छ।

जनकपुरधाम स्थित गंगासागर र धनुषसागर पोखरी बीचको डिलमा निर्माण गरिएको रावणको पुत्ला दहन गरिएको हो।

पोखरीको डिलमा निर्माण गरिएको ५२ फिटे रावण, मेघनाथ र कुम्भकर्णको प्रतिकात्मक मुर्तिलाई राम मन्दिरका पुजारी राम गिरीले आगजनी गर्दै वध गरेका हुन्।

स्थानीय महावीर युवा कमिटीले विगत दशकदेखि विजयादशमीका दिन गर्दै आएको रावण वध यस वर्ष राम मन्दिरका मुख्य पुजारी राम गिरीले गरे।

भगवान श्री रामको १४ वर्षे वनवासको क्रममा रावणसँग भएको युद्धमा रामले रावणको वध गरेकोमा असत्यमाथि सत्यको विजय प्राप्त भएको खुशियालीमा भारतसहित नेपालको पनि विभिन्न ठाउँमा विजय दशमीको दिन रावण वध आयोजना गरिन्छ।

रावण वध हेर्न सयौंको संख्यामा सर्वसाधारणको भीड लागेको थियो। रावण वधपश्चात जनकपुरधामस्थित राजदेवी मन्दिरमा महाप्रसाद वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.