|

काठमाडौँ : पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ सय ४७ जना संक्रमित थपिँदा एकजना संक्रमितको मृत्यु भएको हो।

आज १ हजार ७ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ सय ४७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। आज ८ सय ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

हाल देशभर भर १२ हजार ५ सय ९८ जना सक्रिय संक्रमित रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.