काठमाडौं : बानेश्वर निवासी लक्ष्मण भण्डारी शुक्रबार बिहानदेखि बेखबर भएका छन्। पारिवारिक स्रोतका अनुसार शनिबार बिहानदेखि अहिलेसम्म घर तथा आफन्तसँग उनको सम्पर्क नभएको बताइएको छ।
भण्डारी परिवारले निजलाई कतै देख्नु भएको वा केही खबर भएमा फोन नं. ९८४१४०९४४४ वा ९८४३०९८०३१ मा सम्पर्क गर्न वा नजिकको प्रहरीमा खबर गर्न अनुरोध गरेको छ।
रक्तचाप र मधुमेहका बिरामी भण्डारीलाई अन्तिमपटक बत्तीसपुतली नजिक कुमारी मन्दिर आसपासमा देखिएको पनि बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।