|

काठमाडौं : साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनल खेल पहिलो हाफ गोलरहित बराबरी भएको छ।

आज बेलुकी नेपाली समय अनुसार पौने ९ बजे सुरु भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुबै टिमले गोल गर्न सकेनन्। आजको खेलमा नेपालले अघिल्लो खेलमा पहिलो रोजाइमा परेका आयुष घलान र अन्जन विष्टलाई सुरुवाती ११ मा राखेको छैन।

यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन्। अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएकाले भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्।

मिडफिल्डर पुजन उपरकोटी टिममा फर्किएका छन्। नेपालकी टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल छन्।

मिडफिल्डरमा रोहित चन्द, पुजन उपरकोटी र तेज तामाङ छन्। फरवार्डमा सुमन लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ छन्। प्रशिक्षकमा किरण श्रेष्ठ छन्। माल्दिभ्सको राष्ट्रिय रंगशालामा भइरहेको खेलमा पानी परेका कारण खेलाडीलाई असहज भएको छ। 

यसअघि प्रतिरक्षा खेलेकाे नेपालले भारतसँग १-० गाेलले पराजित भएपछि फाइनलमा रणनीति बदलेकाे छ।​

 

 


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.