|
पोखराको याम्दीस्थित सेती नदी र पृष्ठभूमिमा हिमाल । सबै फोटो : रासस

काठमाडौं : मनसुन बाहिरिएसँगै मौसम खुलेको छ। शरद ऋतुमा खुलेको मौसममा प्राकृतिले सिँगारेका नेपालका विभिन्न ठाउँ झन् सुन्दर देखिएका छन्।

यो याम नेपालका हिमाल‚ पहाड र तराईका विभिन्न क्षेत्र अवलोकन गर्न उपुक्त समय हो। यतिबेला तराई फराकिला मैदान तथा पहाड गह्राहरुमा धान झुलेको देख्न पाइन्छ। उच्च पहाडबाट हिमाल हाँसेको देख्न सकिन्छ। यस्तै‚ उच्च ठाउँबाट टाढा टाढाको रमणीय दृश्यावलोकन गर्न सकिन्छ।

अहिले कोरोना संक्रमण दर पनि कम भएकाले घुमफिरका लागि सहज भएको छ।

पूर्व–पश्चिम राजमार्गको किनारमा रहेको कैलालीको जमुना नगरमा झुलेको धानबाली ।

तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरबाट देखिएको अन्नपूर्ण हिमाल ।

रामेछाप, ओखलढुङ्गा र सिन्धुलीको सङ्गमस्थल नजिक गोलञ्जोर–१ च्याकुटारबेसीबाट देखिएको दृश्य ।

शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका बासिन्दा गोरु गाडामा गन्तव्यमा जाँदै ।

पश्चिम म्याग्दीको धारापानीबाट देखिएको गुर्जा हिमाल र पश्चिम म्याग्दीको भूगोल ।

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा रहेको प्रसिद्ध पर्यटकीय टापु हाँडिकोटबाट देखिएको पहाड ।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ६ ठुलाखर्कस्थित अष्ट्रेलियन क्याम्पबाट देखिएको माछापुच्छ्रे हिमशृङ्खला  ।

हवाईजहाजबाट देखिएका बादलसहितको मनमोहक हिमश्रृङ्ला ।

धादिङको गल्छि गाउँपालिका ५ सिर्वानीमा पिङ खेल्दै ।

पाल्पाको रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा पाक्न लागेको धानबालीसँगै पृष्ठभूमिमा बेझाड बजारको दृश्य ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलास्थित तमोर नदी माथि निर्माण गरिएको काठे पुल ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.