|

काठमाडौं : गत २४  घण्टामा देशभर ३ सय ९१ जना कोरोना संक्रमित थपिएका छन्।

यही अवधिमा थप ६ सय ८० जना संक्रमणमुक्त भएका छन्। आज थप ६ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरणअनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर विधिबाट र १ हजार १ सय ११ जनाको एन्टीजेन विधिबाट गरी कुल ८ हजार ७७ जनाको नमुना परीक्षण गरिएको छ।

तीमध्ये पीसीआरबाट ३ सय ८५ र एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा ६ जना गरी आज कुल ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ९७ रहेको छ। त्यसैगरी सघन उपचार कक्षमा २ सय ९९ र भेन्टीलेटरमा ९८ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.