|

सल्यान : बबई नदीमा बेपत्ता भएका एक जनाको शव ३ दिनपछि फेला परेको छ।

जिल्लाको कालिमाटी गाउँपालिका–७ बाटुलेका ३५ वर्षीय श्याम विकको शव आइतबार फेला परेको हो।

गत २९ गते गाउँनजिकै रहेको बबई नदीमा नुहाउन गएका उनी ढुंगाबाट चिप्लिएर खसेपछि बेपत्ता भएका थिए।

बेपत्ता विकको खोजी गर्ने क्रममा आइबार बिहान बेपत्ता भएको स्थानबाट झन्डै २ किलोमिटर टाढा र्‍याङस्थित बबई किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

महिलाको शव फेला

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–२ गोरुघाट भन्ने स्थानमा भेरी नदीमा किनारमा एक महिलाको शव फेला परेको छ।

अन्दाजी ३०/४० वर्षको रातो कुर्ता, रातो कलेजी बुट्टा भएको सुरुवाल लगाएकी, निधारमा चोट, तालुमा रौं हल्का खुइलिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.