|

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमावर्ती बजार वनवासा नजिकबाट चाँदीका सामानसहित एक जना नेपालीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङका सुरेशबहादुर द्वाल छन्। उनको साथबाट एसएसबीले पाँच किलो चाँदीका चम्चा गिलासलगायत बरामद गरेको जनाएको छ।

बरामद चाँदीको मुल्य करिब चार लाख बढी रहेको बताइएको छ। नेपाल भारत सीमा स्तम्भ नं ८०२÷११ नजिकको वन क्षेत्रबाट सुरेशलाई पक्राउ गरी कष्टममा बुझाइएको एसएसबीले जनाएको छ।

कष्टमको उनीमाथि कानुनी कारबाही गर्ने जनाएको छ। सुरेशले भारतको नयाँ दिल्लीबाट चाँदीका समान ल्याएको एसएसवीले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.