|
फाइल तस्वीर

भारतको दक्षिणी राज्य केरलमा शुक्रबारदेखि भएको वर्षा र बाढीले २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आज बिहानसम्म वर्षा र बाढीले १८ जनाको ज्यान गएको थियो।

हराइरहेका केही व्यक्तिको शव आइतबार बेलुकी भेटिएको थियो। त्यसपछि मृतकको संख्या बढेर २३ पुगेको हो। 

केरलका सरकारी अधिकारीले राज्यका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोको प्रकोप भएको बताएका छन्। कोट्याम जिल्लामा बढीले धेरै क्षति पुर्‍याएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।

बाढीमा मृत्यु भएका र हराएकामध्ये अधिकांश कोट्यामका रहेका छन्। बाढीका कारण कतिपय स्थानीय सडक अवरुद्ध भएका छन्।

मौसम विज्ञान विभागका अधिकारीले आइतबार पनि वर्षा नरोकिने बताएका छन्। वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.